मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

४३ वटा अक्सिजन सिलिण्डर प्रहरीद्वारा नियन्त्रण

शेयर००

मेनुका दास । रौतशट बैशाख २६ गते ।

रौतहटमा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागी स्टक राखिएका अक्सिजन सिलिण्डर प्रहरीद्धारा नियन्त्रणमा लिइएको छ । शनिबार अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरि राखेको अक्सिजन सिलिण्डर प्रहरीले नियन्त्रण लिइएको हो ।

७ किलो तौल भएको २८ वटा , १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन ७ किलो तौल भएको १२ वटा समेत गरि ४३ वटा अक्सिजन सिलिण्डर रौतहटको गरुडा, गौर र चन्द्रपुर नगरपािलकामा गरी ७ स्थानहरुबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नियन्त्रणमा लिइएका सिलिण्डरहरु स्वास्थ प्रयोजनमा प्रयोग गर्ने गराउने तर्फ आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ । स्टक गर्ने व्यक्तीहरुलाई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको समेत जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।