मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

शेयर००

तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक कर्मचारी आन्दोलित

कार्तिक २९ गते रौतहट

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।

आइतबार  नगरपालिकाको  अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए

नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा बिजयपुर नगर अन्तर्गत ३२ विद्यालयका झन्डै २५० शिक्षक र अन्य कर्मचारी गरि ३०० को हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको एकजना महिला शिक्षिका उषा किरण श्रेष्ठले बताइन् ।

पहिलो चरणको आन्दोलन स्वरुप सबै विद्यालयका शिक्षकहरु आइतबार देखि पठनपाठन बन्द गरी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय प्राङ्गणमा धर्नामा बस्ने शिक्षकहरुले निर्णय गरेको छन् । फतुवा विजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म न आएको बताए ।

नगरसभाको बन्दसत्रको पुरै प्रक्रिया हालसम्म पूरा नभएकाले समयमा शिक्षक,कर्मचारी लाई तलब दिन नसके  पनि प्रक्रिया पूरा गर्न आफुहरु लागिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।