टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा धनुषामा दुइ जनाको मृत्यु

रबिन्द्र प्रजापति, फागुन ०९ गते रौतहट ।
धनुषामा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ ।
सोमबार धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३०१८ नम्बरको टाटा सुमो र विपरित दिशातर्फबाट आइरहेको प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शहीद नगरपालिका १ बस्ने १७ वर्षीय महेशकुमार सहनी र सोही मोटरसाइकलमा पछाडी सवार रहेका धनुषाधाम नगरपालिका ८ स्थित मुलाबारीका २४ वर्षीय मनिष विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनीहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए
दुर्घटनामा परेका मोटरसाइकल, टाटा सुमो र सुमो चालक इलाम सूर्योदय नगरपालिका १० बस्ने २५ वर्षीय दावा छिरिंग तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले जनाएको छ

16 Push 077 final