रौतहटको धरहरीमा बिद्यार्थीहरुलाई पोसाक वितरण

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट ।
रौतहटको देवाही गोनाही नगरपालिकाको एक बिधालयमा बिद्यार्थी हरुलाई पोसाक वितरण गरिएको हो । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.–९ धरहरीमा रहेको श्री प्राथमिक बिधालयमा अध्यनरत कक्षा १ देखि पाँच सम्मका बिद्यार्थी हरुलाई पोसाक वितरण गरिएको हो मंगलवार एक कार्यक्रमका बीच देवाही गोनाही नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजेश साहको अध्यक्षतामा श्री प्राथमिक बिधालय धरहरीका २ सय ३ जना छात्र छात्रा हरुलाई पोसाक वितरण गरिएको छ। आर्थिक वर्ष २०७६÷ ०७७ ÷ र ०७७÷ ०७८ को छात्रवृत्ति को रकम बाट बिधालयमा अध्यनरत सम्पुर्ण बिद्यार्थी हरुलाई सो पोसाक वितरण गरिएको बिधालयको प्रधानध्यापक अशोक यादवले बताउनुभयो । पोसाक वितरण कार्यक्रममा देवाही गोनाही न.पा.का –९ का वडा अध्यक्ष राजेश साह, बिधालयका प्रधानध्यापक अशोक यादव, बुद्धिजीवी , भद्र भलादमी अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।

16 Push 077 final