बाराबाट नक्कली नोट सहित एक जन पक्राउ

रबिन्द्र प्रजापति, फागुन १९ गते रौतहट ।
बाराबाट तीन लाख रुपैयाँ नक्कली नोटसहित धनुषाका एक युवक सशस्त्र प्रहरीको फन्दामा परेका छन् । सशस्त्र प्रहरीले बिहीबार दिउँसो लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ अम्मरपुरबाट नहर तर्फ जाने क्रममा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुर बस्ने १९ वर्षीय वीरेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ ।
महतोको साथबाट नेपाली एक हजार दरको ३ सय १ वटा नक्कली नोट र सक्कली १५ सय २५ रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआइजी गणेश ठाडा मगरले जानकारी दिए।
उनलाई कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

16 Push 077 final