रबिन्द्र प्रजापति , चैत ०८ गते रौतहट ।
सर्लाहीमा जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ ।
सर्लाहीको गोडैता नगरपालिका वडा नं. १० मा सोमबार राति जिपको ठक्करबाट भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डलकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ
सोही दुर्घटनामा ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।
पुरानाे समाचार
नयाँ समााचार