रौतहटमा करेन्ट लागेर सडक निर्माणको सुपरवाईजरको मृत्यु

रबिन्द्र प्रजापति, चैत २३ गते रौतहट ।
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं. ४ लौकाहा टोलमा बस्ने नागेन्द्र राय यादवको छोरा अन्दाजी ४० वर्षीय चन्द्रिका यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्क यादव सडक निर्माणको सुपरवाईजरको रुपमा कार्यरत रहेको थियो ।
लौकाहा गाउँ स्थित कालोपत्र सडक निर्माण कार्यमा खटिएका सुपरवाईजर यादवको प्रदेश नं २–०३–००–१–६ १८७० नम्बरको टिपरबाट गिट्टी खसाल्दै गरेको क्रममा बिधुतको तारले करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । शवलाई पोसमार्टमका लागी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ

16 Push 077 final