बाग्मती प्रदेशका मुख्यमन्त्री बिरुद्ध दर्ता भयो अबिश्वास प्रस्ताब

आज मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ प्रतिनिधि सभा बिघटन भएसंगै यसको असर प्रदेश सरकारमा समेत देखिएको छ

नेकपाका ४५ जना सांसदको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपाका ८० जना सांसद बागमती प्रदेशमा रहेका छन् । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्तको माग गरिएको छ ।

16 Push 077 final

नेकपाको तर्फ बाट अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभा सचिबालयमा अबिश्वासको प्रस्ताब दर्ता गर्नु अघि सरकारमा रहेका तीन जना मन्त्रीले राजीनामा दिएका थिए ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।