भन्सार छली गरी ल्याएको ८० हजारको अवैध सामान धनुषा प्रहरीले गरे बरामद

रबिन्द्र प्रजापति, पुस २९ गते रौतहट ।

धनुषा प्रहरीले भन्सार छली गरी ल्याएको ८० हजारको अवैध सामान नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी जिरोमाईलबाट खटेको टोलीले जनकपुर उप– महानगरपालिका– ७ स्थित माछाबजारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ३ सय बराबरको ५९ थान ज्याकेट नियन्त्रणमा लिएको हो । बरमाद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ । त्यसैगरी बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटि गएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका– ४ स्थित भैरव चोकबाट भारतबाट भन्सार छली ल्याएका लुगा धुने साबुन, बिस्कुट, राकेश लेखिएको मसाला, नुहाउने साबुन, दालमोट, कालो तिल, कालो पलाष्टिक, राज निवास, चिनी समेतका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो सामानहरु ३८ हजार ५ सय ६०को रहेको छ भने सामानलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको छ ।

error: Content is protected !!