रौतहटकी महिला लागूऔषध चरेश सहित वीरगञ्जबाट पक्राउ

रबिन्द्र प्रजापति, पुस २९ गते रौतहट ।

वीरगञ्जबाट रौतहटकी एक महिला प्रतिबन्धित लागूऔषध चरेश सहित पक्राउ परेकी छिन। पक्राउ पर्नेमा रौतहटकी ४२ वर्षीया रंजु देवी रहेकी पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएको छ।

प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई १० किलो चरेससहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

16 Push 077 final

ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुबै तर्फको खल्तीबाट चरेशको प्याकेट बरामद भएको उनले बताए।

पक्राउ परकी उनीमाथि यसबारे थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।