महोत्तरीमा गए राती एक कम्प्युटर पसलमा लाखौंको चोरी

रबिन्द्र प्रजापति, पुस ३० गते रौतहट ।

महोत्तरीमा गएराती एक कम्प्युटर पसलमा लाखौंको चोरी भएको छ ।

महोत्तरीको गौशाला बजारमा रहेको मिथिलान्चल कम्प्युटर सेन्टरबाट गएराति कम्प्युटर, ल्यापटप, मोवाईल, सिसिटिभी लगायत ईलेक्ट्रोनिक्स समानहरु चोरी भएको प्रहरीले जनाएको छ ।

16 Push 077 final

पसल संचालकका अनुसार करिब २५ लाख मूल्य बराबरको सरसमानहरु चोरी भएको पसल संचालक संदिप यादवले बताए।

उनका अनुसार पसलमा सिसीक्यामेरा जडान रहेतापनि चोरले सिसीटिभीको डिभीवक्स पनि चोरी भएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णुप्रदिप वस्यालले जानकारी दिए।