लागुऔषधसहित एकजना महोत्तरीबाट पक्राउ

रबिन्द्र प्रजापति, पुस ३० गते रौतहट ।

16 Push 077 final

लागुऔषधसहित एकजना महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास–१२ का राकेश महतो रहेको प्रहरीले जनाएको छ
सिमावर्ती क्षेत्र सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बस चेकजाँच गर्नेक्रममा महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छन् ।
औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले शरिरमा लुकाएको नाइट्रोभेट–१०, ३० पिससहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।