सिरहाबाट नक्कली नोटसहित एक जना पक्राउ

रबिन्द्र प्रजापति, माघ २ गते रौतहट ।

16 Push 077 final

सिरहाबाट नक्कली नोटसहित एक जना पक्राउ परेको छ। सिरहाको गोलबजार नगरपालिका ६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नोटसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जानकारी दिएको छ।
भारत बिहारको बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादव रहेको प्रहरीले जनाएको छ
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले यादवलाई शनिबार साँझ पक्राउ गरेको र यादवमाथि थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।