जापानले जारी गरिएको सुनामीको चेतावनी रद्द

टोकियो– प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

16 Push 077 final

सुनामीको चेतावनी दिँदै देशका आठ प्रान्तका करीब दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्न आदेश जारी गरिएको थियो । तस्वीर– एएफपी ।