महिलाको हत्यामा संलग्न तीन जना सर्लाहीबाट पक्राउ

रबिन्द्र प्रजापति, माघ २ गते रौतहट ।

इलाका प्रहरी कार्यालय बरहथवाले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । एक सप्ताह पहिला सर्लाहीको बरहथवामा वाड नम्बर १० राम छविला साहको उखू खेत भित्र हत्या गरि महिलाको शब फालेको अवस्थामा बरामद भएको थियो । पक्राउ पर्नेमा हरिवन नगरपालिका –१०, ताईवान टोल घर भएका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।
बरहथवा नगरपालिका – १०, कटानीकी ३२ वर्षीय महिला सावित्री कुमारी महरा चमारको हत्यामा संलग्न तीन जनालाई शनिबार इलाका प्रहरी कार्यालय बरहथवाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरू तीनै जना एउटै गाउँका हुन् । महिलाको हत्या भएको एक साताभित्र तीनै जनालाई प्रहरीले फरकफरक मितिमा पक्राउ गरी अनुसन्धान गर्दा महिलाको हत्या उनीहरुले सामूहिक रुपमा गरेको प्रहरीमा बयान दिएका छन् ।

16 Push 077 final

आफूहरूले महिलालाई राति घरबाट बोलाए मुख बन्द गरेर घाँटी थिचेर हत्या गरेको र मृतक महिलाको शव उखुबारीमा लगेर आगो लगाए भागेको बयान दिएका छन् । पुस १७ गतेदेखि घरबाटै हराएकी महिला घर नफर्केपछि स्थानीयले पुस २३ गते बिहान उखु बारीमा महिला जलेको अवस्थामा शव फेला परेका थिए ।

हत्यामा संलग्न सन्तोष साहसँग मृतक महिलाको एक वर्ष देखि चिनजान भएको र मृतक महिलाले केही पैसा जग्गा खरिद गर्ने साहलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक महिला र साहबीच प्रेम सम्बन्ध समेत रहेको र मृतक महिलाले साहलाई विवाह गरेर सँगै लैजान भनेपछि आफूले हत्या गरिएको साहले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।

प्रहरीले हत्यामा प्रयोग गरिए पल्सर २२० सीसीको मोटरसाइकल समेत बरामद गरेको छ। मृतक महिलाको श्रीमान दुई वर्ष देखि वैदेशिक रोजगारीको सिलसिला कतारमा छन् ।