रौतहटका संक्रमितको उपचारको क्रममा बिरगञ्जमा मृत्यु

बौद्धिमाई न्यूज डेस्क , माघ २२ गते रौतहट ।
कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. १ का ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले शनिबार विहान उपचारको क्रममा पुरुषको मृत्यु भएको बताए। शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोनाबाट मृत्यु भएका पुरुष पहिलेदेखि मुटुका बिरामी थिए। उनले कोरोनाविरुद्धको भेरोसेल खोपको दुबै मात्रा लिएका थिए ।

16 Push 077 final