हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज मनाउदैँ

बौद्धिमाई न्यूज डेस्क, माघ २३ गते रौतहट ।
हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ ।
श्रीपञ्चमी अर्थात सरस्वती पूजा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकार लगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरि मनाउने गरेका छन्।
सरस्वतीको पूजा विद्यालयमा विशेष रुपमा गर्ने गरिए पनि यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले विद्यार्थीहरुले घरघरमा नै सरस्वतीको पूजा आराधाना गरिँदै छ ।
देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार वसन्त श्रवणको लागि बिहान १०ः३० बजेको साइत रहेको छ ।

16 Push 077 final