रौतहटको गरुडास्थित जयनगरमा फर्निचर मेला शुरु

रबिन्द्र प्रजापति, माघ २४ गते रौतहट ।
रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको छ ।
बसन्त पञ्चमीको अवसरमा जिल्लाको धार्मिकस्थल शिवनगर महादेव स्थानमा लाग्ने मेलासँगै गरुडा नगरपालिका–१ जयनगरमा काठका फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला शुरु भएको हो ।
एक दशकभन्दा लामो समयदेखि वर्षेनि लाग्दै आएको फर्निचर मेलामा रौतहटका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला सर्लाही र बाराका मिस्त्री–ब्यवसायीले महिनौँदेखि घरमै निर्माण गरेका विभिन्न जातका काठको फर्निचर मेलामा बिक्रीका लागि ल्याएका छन् ।
साल, सिसम, टिक, मसला, आँप लगायत विभिन्न जातको काठबाट निर्मित पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, सोफा, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करिब सबै प्रकारका फर्निचरहरु मेलामा उपलब्ध छन् ।

16 Push 077 final

(फाईल फोटो)