रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन गर्ने क्रममा झडप

रबिन्द्र प्रजापति, माघ २४ गते रौतहट ।
रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएको छ ।
जिल्लको इशनाथ नगरपालिका वडा नं. ५ लक्षमीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि झडप भएको हो। मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा बाजा नबजाउन भएको सहमति अनुसारनै जाँदा केहि महिलाले ढुंगामुढा गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।
महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट २ जना प्रहरीलाई चोटपटक लागेको घिमिरेले जानकारी दिए । सरस्वतीको मूर्ति सेलाउने क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहीको रोहवरमा दुई पक्षीय छलफल भएको थियो ।
छलफलमा यद्यपि अवरोध हटाएर मूर्ति सेलाउन पठाइएको छ । उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर सिडियो शाही, एसपी घिमिरेका साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।

16 Push 077 final