एमाले अध्यक्ष ओली मधानी महायज्ञको उद्घाटन गर्न रौतहट आउदै

रबिन्द्र प्रजापति, माघ २७ गते रौतहट ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट आउने भएका छन् ।
स्थानीय मौलापुर नगरपालिकाद्वारा आयोजना हुने मधानी महायज्ञको उद्घाटन गर्न प्रमुख आतिथिको रूपमा अध्यक्ष ओली रौतहट आउने कार्यक्रम तय भएको हो ।
मौलापुर नगरप्रमुख रिनाकुमारी साहको नेतृत्वमा नगरउपप्रमुख गौरीशंकर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, लेखाप्रमुख, योजना प्रमुखसहितको टोलीले ओलीलाई बालकोट ९भक्तपुर०स्थित निवासमा भेटेर महायज्ञमा आउन निम्तोसहित आग्रह गरेको थियो ।
सो आग्रह स्विकार गर्दै मौलापुरस्थित पुरातात्त्विक महादेव मंदिरमा तेस्रो वर्ष हुनलागेको मधानी महायज्ञको उदघाटन गर्न पूर्वप्रधानमन्त्री ओली आउन तयार भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
ओलीको आगमन हुने निश्चित भएसँगै मधानी महायज्ञको भब्यरुपले तयारी सुरु गरिएको छ ।
मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई ब्यवस्थित गरी महाशिवरात्रीको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ भब्यताका साथ आयोजना हुँदै आएको छ । मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो ।
महायज्ञको अवसरमा मौलापुरमा पुरातात्त्विक महादेव मन्दिरमा सर्लाही, बारा, रौतहट लगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन् । यसपटक फागुन १७ गतेदेखि हुने मधानी महायज्ञको अवसर पारेर नेपाली फिल्मी कलाकार, भोजपुरिया कलाकार सुनिल पंडितका साथै भारतीय भोजपुरिया सुपर स्टार खेसारीलाल यादव र रानी चटर्जी आउने कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

16 Push 077 final