रबिन्द्र प्रजापति, माघ २८ गते रौतहट ।
सर्लाहीमा बिहिवार राति पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्लको हरिपुर नगरपालिका वडा नं. ९ पिडारी स्थित रहेको रामबाबु साहको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा आगलागि हुँदा २३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
बिधुतको तार सर्ट भई आगलगीमा ३ वटा मेशिन र नगद ३ लाख ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आगलगीमा भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पुरानाे समाचार