जनयुद्ध दिवसको अवसरमा भोली मधेश प्रदेशमा सार्वजनिक विदा

बौद्धिमाई न्यूज डेस्क, माघ २९ गते रौतहट ।
मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा अगामी फागुन १ गतेका लागि सार्वजनिक विदा घोषणा गरेको छ । अगामी फागुन १ गते आइतबार का दिन जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।शुक्रबार साँझ उनले एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् ।

No description available.

उनी नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा मन्त्री छन् । तत्कालीन विद्रोही नेकपा (माओवादी( ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी गरेको छ ।

error: Content is protected !!