रबिन्द्र प्रजापति, माघ २९ गते रौतहट ।
सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका ८ का २५ वर्षीय रामु महतोको हरेको प्रहरीले जनाएको छ बागमती–२ का कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो
करेन्ट लागेर घाईते भएका महतोलाई अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । त्यस्तै करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको डिएसपी बुढाथोकीले जनाएको छ ।
पुरानाे समाचार