रौतहटबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

रबिन्द्र प्रजापति, फागुन ०७ गते रौतहट ।
रौतहटबाट श्रोत नखुलेको तिन लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन
शुक्रबार साझ भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्लाको गौर नगरपालिका वडा नं. १ स्थित भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आईरहेको बि आर. ३० एल ८८८७ नम्बरको मोटरसाईकल बाट तिन लाख श्रोत नखुुलेको रकम बरामद गरिएको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ
मोटरसाईकल चालक जिल्लको दुर्गा भगवती गाउपालिका वडा नं. ४ बस्ने ५० वर्षीय बिनोद प्रसादले लगाएको जुता भित्र लुकाई राखेको र श्रोत नखुलेको नेपाली रुपैया तिन लाख फेला परी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाईएको जिल्ल प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले जनाएको छ

16 Push 077 final