रौतहटको बलुवामा शनिबारबाट श्री बिष्णु महायज्ञ शुरु, हेलिकप्टर द्वारा फुलको बर्षा

रबिन्द्र प्रजापति, फागुन ०७ गते रौतहट ।
रौतहटको बलुवामा भईरहेको श्री श्री १०८ बिष्णु महायज्ञमा २१ सय कन्या कुमारीद्धारा कलश यात्रा निकालिएको थियो
जिल्लाकोे कटहरिया नगरपालिका वडा नं. ८ बलुवामा आज देखि श्री श्री १०८ बिष्णु महायज्ञ शनिबारबाट सुरु भएको छ
नौदिन सम्म चल्ने महायज्ञमा आज २१ सय कन्या कुमारीद्धारा भब्य रुपमा कलश यात्रा निकालिएको थियो ।
बलुवा श्री राम जानकी मन्दिर को प्राङ्गण बाट निकालिएको कलश यात्रा ब्रहम बाबा तथा माता भगवती को पुजा गरे पछि बलुवादेखि फतेपुर,बगही,पोखरिया,कटहरिया गाउँ कटहरिया बजार हुदै लालबकैया नदिमा पुगेर कलशमा जल राखेर पुन बहादुरपुर,कटहरिया, हुदै यज्ञ मण्डप मा प्रवेश गरेको थियो। श्री बिष्णु महायज्ञमा हेलिकप्टरबाट फुलको बर्ष गरिएको थियो,

श्री बिष्णु महायज्ञ हरेक भगवानको ५२ अवताको मूर्ति समेत बनेको छ
प्रत्येक ५ वर्षमा श्री बिष्णु महायज्ञ गर्ने र मेला लगाउने उदेश्य का साथ ५ वर्ष पहिला कटहरिया नगरपालिका ८ बलुवा गाउमा महायज्ञ सुरुवात भएको थियो ।

16 Push 077 final


सो यज्ञमा विभिन्न खेल तमासा रहेको र विभिन्न ठाउँका ब्यपारीहरु ब्यपार गर्न आएको आयोजक समितिले बताएको छ ।
कलश यात्रामा बिभिन्न बाजागाजा सहित स्थानिय लगाएत विभिन्न गाउँका हजारौ ब्यक्तीहरुको सहभागिता रहेको थियो ।


सो कार्याक्रमा कटहरिया नगरपालिकाका उप प्रमुख नुरजहा खातुन कटहरिया ५ का समाजसेवि युवा नेता नसरुदिन अनसारी वडा नं. ८ का वडा अध्यक्ष नवध राय यादव लगाएत विभिन्न नेता कार्याकर्ताहरु लगाएत सुरक्षकर्मीहरुको उपस्थिति रहेको थियो