सर्लाहीको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट बालबालिकासहित १५ जना घाइते

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट ।
सर्लाहीको विष्णु गाउँपालिका वडा नं. २ मा स्यालले टोक्दा १५ जना घाइते भएको छ । मङ्गलवार बिहान घरमा बसिरहेका स्थानीयवासीलाई गाउँमा पसेको स्यालले टोकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् पशुलाई पनि टोकेको स्थानीयवासीले बताएका छन् । स्यालको टोकाइबाट घाइते भएकामध्ये ६ जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने बाँकी ९ जनालाई थप उपचारका लागि सरुवा रोग अस्पताल टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।
स्यालले टोकेका सबैलाई रेबिजविरुद्ध खोप लगाएको छ । स्याललाई गाउँलेहरूले मारेका छन् । यसअघि हरिपुर नगरपालिका ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका थिए ।

16 Push 077 final