महोत्तरीबाट ९ लाख ५० हजार रुपैयाँ सहित युवक पक्राउ

रबिन्द्र प्रजापति, फागुन ११ गते रौतहट ।
स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ सहित एकजना महोत्तरीबाट पक्राउ परेको छ
बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ल प्रहरी कार्यालय महोत्तरलिे जनाएको छ
मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा रकमसहित युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायतका २० वर्षीय दीपककुमार चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । भारतबाट नेपाल प्रवेश गरेका युवकलाई महोत्तरी प्रहरले बुधवार अपरान्ह पक्राउ गरेको छ ।
स्रोत नखुलेको रकम, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

16 Push 077 final