बारामा प्रहरीको गोली लागेर एक जना गाँजा तस्करको मृत्यु

रबिन्द्र प्रजापति, फागुन १२ गते रौतहट ।
बारामा प्रहरीको गोली लागेर एक जना गाँजा तस्करको मृत्यु भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली लागेर परिचयन नखुलेका एक भारतीय गाँजा तस्करको मृत्यु भएको बताइएको छ
गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका ती गाँजा तस्करको मृत्यु भएको प्रहरीको दावी छ ।
बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सो घटना भएको हो ।
भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए
प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदयेश गिरी रहेका छन् । मृतकको शव प्रदेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

16 Push 077 final