क्रसर उद्योगमा आगलागी हुँदा सर्लाहीमा लाखको क्षति

रबिन्द्र प्रजापति, फागुन १३ गते रौतहट ।
सर्लाहीमा क्रसर उद्योगमा आगलागी हुँदा लाखको क्षति भएको छ सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । (फाइल फोटो )

16 Push 077 final