सर्लाहीमा भिरबाट लडेर एक महिलाको मृत्यु

रबिन्द्र प्रजापति, फागुन १३ गते रौतहट ।
भिरबाट लडेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ की ५५ वर्षीया महिला मुसङमाया तामाङको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ
बिहिवार साँझ भिरबाट लडेकी महिलालाई उपचारको लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जनाएको छ ।

16 Push 077 final