खेसारीलाल र रानी चटर्जी मौलापुर मधानी महोत्सवमा दर्शकलाई झुमाए

रबिन्द्र प्रजापति, फागुन १७ गते रौतहट ।
रौतहटको मौलापुरमा मधानी महायज्ञको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
मौलापुर मधानी महोत्सवमा खेसारीलाल यादव र रानी चटर्जीको बेजोड प्रस्तुती देखाएका छन् ।
जिल्लाको मौलापुरमा आयोजना भएको मधानी महायज्ञमा भारतिय भोजपुरी सुपरस्टार खेसारीलाल यादव र रानी चटर्जीले झन्डै ४ घन्टासम्म आफ्नो प्रस्तुति राखेका थिए ।
आज मंगलवार फागुन १७ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महोत्सवको उदघाटन समारोहमा नेपाली र भारतीय कलाकारहरु सहभागी भएका थिए ।
भोजपुरी र नेपाली चलचित्र जगतका सुपरस्टार ‘महानायक’ राजेश हमाल पनि मौलापुरमा आयोजना भएकोे मधानी महायज्ञमा सहभागी भएका थिए ।
मधेशमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महोत्सवको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर पतौराको प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ ।
यस वर्ष शिवरात्रीको विशेष अवसरमा आयोजना भएको मधानी महायज्ञको पूर्व प्रधानमन्त्री केपि ओलीले उदघाटन गर्ने कार्यक्रम रहेपनि उनी अनुपस्थित भएपछि पूर्र्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले उदघाटन गर्नु भएको थियो