
देवाही गोनाही नगरपालिकामा अख्तियारको टोलीले छापा मारी मेयर सहित ४ जनालाई गरे पक्राउ
बौद्धिमाई न्यूज डेस्क, फागुन १७ गते रौतहट ।
जिल्लाको देवाही गोनाही नगरपालिकाको आइतबार अख्तियार अनुसन्धान कार्यालय काठमाडौं टोलीले छापा मारी मेयर सहित ४ जनालाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय देशको गरिमामय जिम्मेवार संस्थाको रूपमा चिनिएको छ तर अख्तियारले छापा हान्दा गोप्य रूपमा हुनुपर्छ त्यही बेला पत्रकारको उपस्थिति हुनु र पैसा एवं चेक दिने व्यक्ति त्यहीँ क्रममा पुग्नु सिधै षड्यन्त्र देखिएको बौधिमाई नगरपालिका नगर प्रमुख राजीव रंजन ( राजु ) यादवले बताएका छन् ।
आफैमा गरिमा राखने अख्तियारले पनि केही राजनीतिक दलको इशारामा लिप्त भएको देखिन्छ ।
जनताको मतबाट निर्वाचित रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष समेत रहेको धर्मेन्द्र पटेललाई
कार्यालयबाट गुण्डासैलीमा लोकतन्त्रको खिल्ली उडाउँदै आइतबार बेलुका अख्तियार अनुसन्धान कार्यालयले पक्राउ गरेको कार्य समाज ,देश र लोकतन्त्रको लागि गलत सन्देश दिन खोजेको भन्दै बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले घोर भत्सर्ना गर्दै आप्ती जनाएका छन ।
एउटा राजनीतिककर्मी र मेयर जस्तो गरिमामय पदमा रहेको व्यक्तिमाथी राजनीतिक प्रतिशोधको अधिनमा लागेर फसाउने कार्य निन्दनीय रहेको बताएका छन् ।
यस घटनाको सुक्ष्म ढंगले सत्य तथ्य छानबिन गरी षड्यन्त्र रचने जुनसुकै व्यक्ति भएपनि त्यसलाई कानुनको दायरामा ल्याउन जोडदार माग मेयर यादवले गरेका हुन ।
असत्य माथि सत्यको विजयी अनिवार्य हुनेछ सम्पूर्ण रौतहटबासीले त्यो षड्यन्त्रकारीको अनुहार बडो राम्रोसँग चिनिनेको छ राजनीतिक चरित्र हत्या गर्नेलाई समाजले नाङ्गो पार्छन् भने उहाँ बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटेको टोलिले दुई लाख ५० हजार रुपैयाँ र २ लाख ५० हजारका चेकसहित मेयर पटेललाई आइतबार पक्राउ गरेको हो ।
डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले मेयर पटेललाई उनकै कक्षबाटै पक्राउ गरेको छ । मेयर पटेल सहित योजना प्रमुख, लेखापाल र मेयरका स्वकीय सचिव अशोक कुमार पटेललाई अदुवाको टोलिले नियन्त्रणमा लिएर आईतबार राति अनुसन्धानको लागि काठमाडौँ लगिएको छ ।
देवाही गोनाही वडा नं १ करुनिया स्थित वडा कार्यालयको भवन निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा नगरप्रमुख पटेलले उपभोक्ता समितिसँग ५ लाख घुस मागेको वडा अध्यक्ष शेख नुरुल्लाहले आरोप लगाएका छन ।
उपभोक्ता समितिका अध्यक्ष शेख तबरेज सहितको टोलीले वडा कार्यालय भवन निर्माणमा १० लाख भुक्तानी लिइसकेका थिए ।
अन्तिम किस्ताको रकम झण्डै ८ लाख लिनुपर्ने बाँकी थियो । नगरस्तरीय योजना अनुसार वडा कार्यालय भवन निर्माण गर्न नगरपालिकाबाट २० लाख बजेट बिनियोजन गरिएको थियो ।
नगरप्रमुख पटेलले समितिसँग कुनै किसिमको रकम माग नगरेको र उक्त रकमबारे आफूलाई केही थाहा नभएको आयोग समक्ष बताएका थिए ।
स्थानीय अनुसार वडाअध्यक्ष शेखले केही महिना अघि जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।
मेयर पटेलले आफनो कुनै आफन्तसँग निजी कामकाजका लागि दिएको साप्टी रकम माग गर्दा विकास योजनासँग जोडेर राजनीति चरित्र हत्या गर्ने कार्य गरिएको छ ।