माओवादीको नगर समितिको सपथग्रहण कार्यक्रम कटहरिया सम्पन्न

रबिन्द्र प्रजापति, फागुन १७ गते रौतहट ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कटहरिया नगर समितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार जिल्लाको कटहरीया नगरपालिका स्थित कटहरीयामा नगर समितिमा निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण एबम् घोषणा कार्यक्रम सम्पन्न भएको माओबादी केन्द्र कटहरीयाका नगर अध्यक्ष नसरुदीन अन्सारीले बताएका छन् ।
नब निर्बाचित कटहरीया नगर समितिका अध्यक्ष नसरुदीन अंसारी सहितका सदस्यहरुले एकमुष्ठ रुपमा आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा निर्बाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य युबराज भट्टराई समिरले पद तथा गोपनियताको सपथ गराएका छन ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र मधेस प्रदेशका सदस्यद्धय देबेन्द्र प्रसाद पटेल तथा बिन्देश्वर यादब लगायत माओबादी नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको माओबादी केन्द्र कटहरीयाका नगर अध्यक्ष नसरुदीन अन्सारीले बताए ।