कटहरियामा रहेको श्री धन लक्षमी प्रा.वि.को दुई कोठे भवन मेयर कुश्वाहाद्धारा उदघाटन

रबिन्द्र प्रजापति, फागुन १७ गते रौतहट ।
रौतहटको कटहरियामा नगर प्रमुखले दुई कोठे भवनको उदघाटन गर्नु भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा न.५ अन्तर्गतमा रहेको श्री धन लक्षमी प्राथमिक बिधालयकामा निर्माण पश्चात् दुई कोठे भवनको नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले उदघाटन गर्नु भएको छ । सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख सियाराम कुशवाहाले रिबन काटेर सो भवनको उदघाटन गर्नु भएको हो । नगर स्तरीय योजना बाट करिब १६ लाखको लागतमा निर्माण भए पश्चात उदघाटन भएको श्री धन लक्षमी प्राथमिक बिधालयका प्रधानाध्यापक राकेश साहले बताउनु भयो
सो उदघाटन कार्यक्रममा नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,नेकपा एमालेका नगर अध्यक्ष योगेन्द्र साह, कार्यपालिका सदस्य रामप्रबेश साह सोनार, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह,योजना प्रमुख रामनरेश राय यादव, प्र.अ. जयकिशोर साह, सहितका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।