एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट आउँदै

रबिन्द्र प्रजापति, फागुन १७ गते रौतहट ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट आउँदै छ
अध्यक्ष ओलीले मधानी महायज्ञको उद्‍घाटन गर्ने कार्यक्रम रहेको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिएकी छिन्।
एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न भव्‍य तयारी भएको नगर प्रमुख साहले बताइन्।
हजारौ वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले खेत खन्ने क्रममा भेटेका थिए । महायज्ञको अवसरमा मौलापुरमा महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन्।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई व्‍यवस्थित गरी महाशिवरात्रिको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ आयोजना हुँदै आएको छ।
उक्त महायज्ञ मा चर्चित नेपाली कलाकार राजेश हमाल, सुनिल पंडित तथा भारतिय कलाकार खेसारी लाल यादव, रानी चटर लगायतका विभिन्न गायक कलाकार टिकटक स्टारहरुको पनि सहभागि हुने छ ।