रौतहटको धरहरीमा रहेको श्री प्राबिका कक्षा ५ मा पढ्ने बालबालिकाहरुको लागि बोर्ड बितरण

सागर संगम ठाकुर रौतहट। फाल्गुन १६ गते
रौतहटको देवाही गाेनाही नगरपालिका -९ धरहरीमा रहेेकाे श्री प्राबिका कक्षा ५ मा पढ्ने बालबालिकाहरुकाे लागि बाेर्ड बितरण गरिएको छ।नेकपा एमालेका नेता लक्ष्मी राय यादवकाे अध्यक्षतामा एमालेका युवा नेता तथा समाजसेवी एवं वडा नं .९ का वडा अध्यक्ष प्रत्यासी र कार्यपालिका सदस्य बिरबहादुर साहले बिधालयका प्रअ अशोक यादवलाई उक्त शैक्षिक समाग्री हस्तान्तरण गर्नु भयाे ।वडा अध्यक्षका प्रत्यासी समेत रहेका साहले आफ्नो ब्यक्तिगत लगानीमा पाँच वटा पेन्सिलबाट चल्लने सेताे कलरकाे वाेर्ड ,पाँच थान मार्कर ,पाँच थान डस्टर लगाएतका शैक्षणिक सामग्री बितरण गरेका हुन ।
बिधालयमा बाेर्ड नहुदा बालबालिकाहरूकाे पठन पाठन समेत अवरुद्ध हुदै आएको अवस्थामा साहले प्राबिकाे लागि शैक्षिक समाग्री उपलब्ध गराउदा प्रअ यादवले साहलाई विशेष धन्यवाद प्रकट गरेका छन ।वडामा जितेका जनप्रतिनिधिलाई प्रअ यादवले पटकपटक ताकेता गर्दा पनि गर्न नसकेकाे अवस्थामा साहले एक पलटमै गर्न सफल हुदा प्रअ यादवले खुलेरनै प्रसंशा गरेका थिए। ।वडामा पराजित भए पनि जितेका जनप्रतिनिधि भन्दा बढीनै बिकाशकाे दृष्टिले अगाडि रहेकाे साहले हरेक क्षेत्रमा लगानी गरिदै आएका छन ।बितरण कार्यक्रममा एमालेका नेता किशोरी दास,छठु पंडित,निर्वाचित वडा सदस्य महिला नेतृ रमनवा देवी पंडित,धरहरी युवा कल्बका उपाध्यक्ष जगदीश साह, काेषाध्यक्ष रामाकान्त पंडित,युवा नबिलाल साह,किशोर पंडित,एमाले नेता हरिश्चन्द्र यादव ,स्थानिय पत्रकार सागर संगम ठाकुर ,लगाएत करिब दुई दर्जनभन्दा बढी स्थानीय अभिभावकहरुकाे विशेष उपस्थितमा हस्तान्तरण कार्यक्रम संम्पन भएकाे थियोे ।

16 Push 077 final