रौतहटमा दुइ वटा मोटरसाइकल ठोक्किदा ६ जना घाइते

रबिन्द्र प्रजापति, फागुन १५ गते रौतहट ।
रौतहटमा दुइ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भइएको छ।
गम्भिर घाइते भएका तीन जनालाइ हेलीकप्टर बाट उपचारको लागी काठमाण्डौ पठाइएको छ । र एक जना लाइ उपचारका लागी बिरगज पठाइएको छ । आइतवार दिउसो रौतहटको पौराइ स्थित लच्का नजिकै प्रदेश २ शुन्य ३ डवल शुन्य २४ प ६४३५ नम्वरको चन्द्रपुर बाट पुर्व जादै गरेको र सर्लाहीबाट चन्द्रपुर आउदै गरेको प्रदेश २ शुन्य ३ , १२ प ४१३२ नम्वरको मोटरसाइल ठक्कर खाएको हो ।
दुर्घटनामा चन्द्रपुर ४ का ४८ बर्षिय रामजी खनाल , ४५ बर्षिय दामोदर दाहाल, अन्दाजी ३५ बर्षिय दिपेन्द्र मिश्र , ३० बर्षिया रन्जु मिश्र, १५ बर्षिय प्रिन्स मिश्र र ३ बर्षिय सुप्रिन मिश्र घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घाइते मध्य दामोदर दाहाल, रन्जु मिश्र र सुप्रिन मिश्र लाइ हेलीकप्टर बाट उपचारको लागी काठमाण्डौ लगिएको छ भने रामजी खनाल लाइ बिरगज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हरुको हात, खुट्टा र टाउकोमा चोट लागेको ले केही को गम्भिर र केही को मध्यम अवस्था रहेको बताइएको छ । (फाइल फोटो)

16 Push 077 final