काठमाडौं, फागुन १८ गते ।
शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले ल्होसार पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।बिहिबार देखि नै मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा सुरु हुन लागेको छ । यद्यपी सरकारले यसका लागि बिदा दिने गरेका छैनन् ।