भन्सार छलीको मोबाईल, घडी सहित १ जना पक्राउ
रबिन्द्र प्रजापति, फागुन १८ गते रौतहट ।
भन्सार छली गरेको मोबाईल र घडी सहित रौतहटबाट एकजना पक्राउ परेका छन ।
जिल्लाको गौर नगरपालिका वडा नं.३ वि.पी.चोक बाट भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल वस्ने वर्ष २८ को महम्द हसन आलम लाई बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ भित्र्याई ल्याएको १ लाख ४४ हजार ८ सय ६६ रुपैयाँ बराबरको मोबाइल र घडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ
झोला चेकजाँच गर्दा झोला भित्र अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको ओप्पो कम्पनीको मोबाईल ३ वटा र भिभो कम्पनीको १ वटा टाईटन कम्पनीको १४ थान घडीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले जानकारी दिएका छन ।