भारत तर्फ लैजान लागेको १ सय २० किलो गाँजा बाराबाट बरामद

रबिन्द्र प्रजापति, फागुन २१ गते रौतहट ।
भारत तर्फ लैजान लागेको १ सय २० किलो प्रतिवन्धित गाँजा सशस्त्र प्रहरीले बाराबाट बरामद गरेको छ ।
गए राति १० बजेको समयमा बाराको देवताल गाउँपालिका ७ पिपरपाती पसहा खोला स्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पोका गाँजा बरामद गरेको हो ।
भारत तफै लैजान लागेको आठ वटा प्लास्टिकको पोकामा प्याक गरेको १२० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
विओपी दक्षिणझिटकैयाबाट सहायक प्रहरी निरीक्षक चन्द्र बहादर एस्लामी मगरको कमाण्डमा मोटरसाइकलमा खटेको ६ जनाको गस्तीको टोलीले सो परिमाणको गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देख्ने बितिकै मानिसहरुले सो गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

16 Push 077 final