नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसन स्थगित

बौद्धिमाई न्यूज डेस्क, फागुन २१ गते रौतहट ।
नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसन स्थगित भएको छ ।
नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसन शनिबार बिहान ९ बजे देखि मतदान सुरु हुने भनिएको अधिवेशन आज अपराह्न ३ बजे पछि स्थगित भएको हो ।
प्राविधिक कारण देखाउँदै जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मीले एक सूचना जारी गरिे आधिकारिक रूपमा निर्वाचन अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको नेपाली काँग्रेस निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
सुनिल यादवको प्यानलबाट उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार रहेका छन् भने हृदयनारायणको प्यानलमा उपसभापति महताब आलम, बिनोद गुप्ता रहेका छन् ।
काँग्रेसको जिल्ला सभापतिको निर्वाचनलाई लिएर काँग्रेस को नेता कार्यकर्ताहरू धेरै उत्साहित थिए । निर्वाचन स्थगन भएको खबर आए सँगै काँग्रेसको कार्यकर्ताहरूमा अन्यौलता छाएको छ ।

16 Push 077 final