विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना नेकपा एमालेमा प्रवेश 

रबिन्द्र प्रजापति, फागुन २३ गते रौतहट ।

रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्र्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मी, मधेस प्रदेश उपसचिव आरती भण्डारी , मधेस प्रदेश सदस्य अखिलेश्वर चौधरी, वैजनाथ सहनी , पूर्व जिल्ला अध्यक्ष तुलसी गिरी लगायतले माला , टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रेग्मीले नेकपा एमालेको सरकारले राष्ट्र हितमा काम गरिरहेको बेला प्रतिगामी तत्वले जालझेल र षड्यन्त्रपूर्वक सरकारबाट हटाएको भन्दै अब फेरी जनमतबाट पुनः नेकपा एमालेको सरकार आउने दावी गर्नुभयो

उहाले देशैभर नेकपा एमाले प्रति जनलहर बढेको भन्दै एमालेले अब तीनै तहमा विजयी गर्ने वातावरण बनिसकेको बताउनुभयो । मधेस प्रदेश उपसचिव भण्डारीले जनताको मन र मत अब एमालेको सुर्य चिन्हमा आउने भन्दै अब सारा नेपाल एमालेमय बन्ने ठोकुवा गर्नुभयो ।

मधेस प्रदेश सदस्य चौधरीले गाउँगाउँमा विकासको लहर ल्याउउ एमालेले जित्नुपर्ने भएकाले अब आउने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

अर्का मधेस प्रदेश सदस्य सहनीले वृन्दावन नगरपालिकाका नगरप्रमुखले कुनैपनि काम नगरि आफ्नो कार्यालय सिध्याएको आरोप लगाउँदै बैशाक ३० मा हुने स्थानिय तहको निर्वाचनमा वृन्दावनमा एमालेकाको नेतृत्वमा स्थानिय सरकार बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । ।

error: Content is protected !!