महोत्तरीको गौशालाबाट लागु औषध गाँजा सहित एकजना पक्राउ

रबिन्द्र प्रजापति, फागुन २९ गते रौतहट ।
महोत्तरीको गौशालाबाट लागु औषध गाँजा सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ
बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार इलाका प्रहरी कार्यालय गौशालाबाट खटेको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा बरामद गरेको विष्टले जानकारी दिए ।