घर घर जाउ कांग्रेसलाई जिताउ भने अभियान रौतहट सहित देशै भरी शुर

बौधिमाई न्यूज डेस्क, फागुन २९ गते रौतहट ।
घर घर जाउ कांग्रेसलाई जिताउ भने अभियान रौतहट सहित देशै भरी शुर भएको छ । जिल्लाको गरुडामा रहेको श्री राम सुगर मिलको प्राङ्गणमा आयोजना गरिएको
कांग्रेस जिताउ अभियान कार्यक्रममा बोल्दै प्रमुख अथिती पार्टीका केन्द्रीय सदस्य कल्याण गुरुङले अब हुने स्थानीय तहको निर्वाचनमा घर घर जाउ कांग्रेसलाई जिताउ भने नारालाई पूरा गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाइ
निर्देशन दिनु भयो ।वहाले बिगतका दिनमा कम्युनिस्टहरूले गरेको संसद बिघटन र बिकास निर्माणका कार्यहरुबाट जनताहरु कतिको खुशी छ भन्ने बिषयमा जनता संग प्रशन समेत गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा बाल्दै बक्ताहरुले भने कांग्रेस एउटा यस्तो पार्टी हो जे भन्छ त्यही गर्छ त्यही भएर कांग्रेसलाई नै भोट दिन आग्रह गरेका थिए ।
कम्युनिस्टका नेताहरूले जनताहरुलाई झुठा आश्वासन दिएर दुई तिहाइको बहुमत प्राप्त गरे पनि देश चलाउन नसकेको आरोप लगाएका थिए ।
कम्युनिस्टका नेताहरूले जनता संग गरेको झुठा वदाको कारण अहिले टाउको निउराई लाज पचाई फेरि घर घरमा आउने भएकाले त्यस्ता नेताहरुलाई बहिष्कार गर्न जरुरी रहेको बताएका थिए ।
त्यस्तै अर्का बक्ता गरुडा नगरपालिकाकि नगर उपप्रमुख रंगिला देवी जयसवालले गरुडा नगरपालिकामा जनताले स्पष्ट बहुमत नदिदा यहाका मेयरले आफुलाई बाईपास गरि बिकाशको नाममा बढी भ्रष्टाचार गरेको आरोप लगाउनु भयो ।
उप मेयर जयसवालले गरुडालाई चिनिने धरोहरको रुपमा रहेका श्री राम सुगर मिल बन्द हुदा यश भेगका जनता रोजगारीबाट बन्चित भएको भन्दै राज्यले यसलाई चाडै भन्दा चाडैं संचालन गराउन तर्फ अगाडि बढनु पर्ने आग्रह गर्नु भयो ।
कांग्रेस नेतृ तथा गरुडाकि उपमेयर जयसवालले चिनी मिल्सकै बारेमा अर्को प्रसंगमा बोल्दै वहाले छोटो समयमा मौलापुर नगरपालिका स्मार्ट सिटी नगरपालिकाको रुपमा अगाडि बढी रहेको भन्दै यसबाट गरुडा नगरपालिकाले पाठ सिकीनु पर्ने तर्क गर्नु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गरिदै नव निर्वाचित जिल्ला सभापति एवं रौतहट क्षेत्र नं.३ का पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले देशमा कम्युनिस्टहरूको तनाशाह प्रवृत्तबाट जनताहरु बच्चाउन कांग्रेसले निकै ठुलो भुमिका खेलेको भन्दै आउदो बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा कांग्रेसलाई नै जिताउन सबै संग आग्रह गर्नु भयो ।
यादवले यो देशमा कम्युनिस्टहरू लाई दुई तिहाइ दिदा शिक्षा ,स्वास्थ्य र रोजगारी गुमाउनु परेको भन्दै आरोप लगाउनु भयो ।
कांग्रेसले देशमा सत्ताको लागि नभई परिवर्तनको लागि सधै लडाइँ लडदै आएको वहाँले बताउनु भयो ।
पार्टी केन्द्रीय कार्यलयले जारी गरेको सर्कुलस अनुसार ७७ ओै जिल्लामा एकै साथ शुरु भएको कार्यक्रममा रौतहटमा पार्टीका कार्यवाह सभापति सुनिल कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अथिती मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव,
नव निर्वाजित जिल्ला सचिव रामचन्द्र गिरी, नेपाली कांग्रेस क्षेत्र नं. ३ क्षेत्रीए सभापति सर्फलाल गुप्ता, जिल्ला सदस्य बालमिकी यादव,
नगर सभापति श्मभुकान्त यादव, कटहरिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष उमेश यादव, लगाएत कांग्रेस बाट निर्वाचित जिल्लाका प्राय सबै जनप्रतिनिधिहरुको विशेष उपस्थित रहेको थियो ।