कटहरियाका मेयर कुशवाहाले गरे दुई वटा मण्डली ग्रुपलाई हर्मोनियमसेट बितरण

बौधिमाई न्यूज डेस्क, चैत ०१ गते रौतहट
रौतहटको कटहरिया नगरपालिकाले सोमबार दुई वटा मण्डली ग्रुपलाई बजाको रुपमा प्रयोग हुने हर्मोनियमसेटको समाग्री बितरण गरेका छन ।
कटहरिया नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामअज्ञा राय यादवको बिषेश पहलमा नगर प्रमुख शियाराम कुशवाहाले उक्त समाग्री हस्तान्त्रण गरेका छन ।
शिक्षा,स्वाथ्यको साथ साथै धार्मिक क्षेत्रमा पनि निकै अगाडी रहेको मेयर कुश्वाहा नगरपालिकाबाट वडा नं. ९ डुमरियाका दुईवटा मण्डली ग्रुपलाई बजाका समानहरु हस्तान्त्रण गरेका छन ।
वडा नं. ९ डुमरियामा रहेको श्री राम नाम मण्डली ग्रुप र श्री ठाकुर मण्डली ग्रुपलाई उक्त समानहरु नगर प्रमुख शियाराम कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहले संयुक्त रुपामा हस्तान्त्रण गर्नु भयो ।
एउटा किर्तन मढडलीलाई प्रयोग गरिने समाग्रीहरु मधे हरमुनिया एक थान, ढोलक एकथान,झाल ५ थान,झिल ६ थान र त्यस्तै अर्को मण्डलीलाई सोहीको अधामरमा हस्तान्त्रण गरिएको मेयरका सवकिय सचिव महेश यादवले बताउनु भयो ।
हस्तान्त्रण कार्यक्रममा नगरपालिकाका जिन्सी प्रमुख छोटेलाल मिश्र, आटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा, सह लेखापाल उमेश कुमार दास लगाएत रोहवरमा बितरण गरिएको डुमरियाका युवा नेता शंकर यादवले जानकारी दिनु भयो ।

16 Push 077 final