मधेश प्रदेशमा घरपरिवारमै होली मनाउन प्रदेश प्रहरीको आग्रह

बौधिमाई न्यूज डेस्क, चैत ०२ गते रौतहट ।
मधेश प्रदेशमा घरपरिवारमै होली मनाउन दुई नम्बर प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ ।
बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक योग बहादुर पालले एक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाको ख्याल राखी होली मनाउन आग्रह गरेको छ ।
पालले घरपरिवार भन्दा बाहिर गएर समूहमा भेला भई नखेल्न, आफ्ना घरका छत, बरण्डा, झ्याल आदीबाट जबरजस्ती गरी रंगरोगन, लोला, पिच्कारी, नहान्न, मादक पदार्थ सेवनगरी २ जनाभन्दा बढी एउटा मोटरसाइकलमा चढेर नहिंड्न भनेको छ । त्यस्तै मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने गरी होली नखेल्न, हुलिया नै नचिनिने गरी विभिन्न रंगरोगन नलगाउन, होलीको नाममा सार्वजनिक कार्यक्रमहरु नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन भनेको छ । प्रदेश प्रहरीको यसको पालन नगरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत जनाएको छ ।

16 Push 077 final
May be an image of text