
पिकअपको ठक्करबाट धनुषामा रौतहटका एकजनाको मृत्यु
रबिन्द्र प्रजापति, चैत २२ गते रौतहट ।
पिकअपको ठक्करबाट धनुषामा रौतहटका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ का ५६ वर्षीय शेरबहादुर राईको रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
मंगलवार विहान धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चाकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।