रौतहटको कटहरियामा ६ सय परिवारलाई निशुल्क ग्यास सिलिन्डर मेयर कुश्वाहाले गरे वितरण

रबिन्द्र प्रजापति, चैत २२ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिकामा मेयर सियाराम कुशवाहाले निशुल्क ग्यास सिलिन्डर वितरण गरिएका छन ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्वर ८ पिप्रापोखरिया र बालुवा टोलका ६ सय परिवारलाई निशुल्क ग्यास सिलिन्डर नगर प्रमुख कुश्वाहाले वितरण गरेका हुन् ।
कटहरिया स्थित तराई मधेस सहिद स्मृति प्रतिस्ठानको प्रांगणमा सोमबार एक कार्यक्रमका बीच पुर्व मन्त्री प्रभु साहको पहलमा संचालन गरिएको धुवाँचुल्हा मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत उक्त परिवारलाई ग्यास सिलिण्डर सहितको चुल्हा सेट वितरण गरेको मेयर कुश्वाहाले बताउनु भयो ।
ग्यास वितरण कार्यक्रममा कटहरियाका नगर प्रमुख सियाराम कुशवाहाका साथै एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, नेकपा एमाले रौतहट अध्य्क्ष त्रिभुवन साह, नगर प्रवक्ता चंदन कुसवाहा , एमाले नगर अध्य्क्ष योगेन्द्र साह , जिल्ला कमिटि सदस्य हेम प्रसाद साह, नेता चंदेस्वर बैठा , लागायतका सहभागिता रहेकोे थियो ।

16 Push 077 final