गए राती रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

रबिन्द्र प्रजापति, बैशाख ०६ गते रौतहट ।
रौतहटमा सोमबार राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने मोटरसाईकलमा सवार एकजना घाइते भएका छन्। जिल्लको गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल सवा ९ बजे राजपुर नगरपालिका–३ अजाद चोकमा दुर्घटना भएको प्रहरी जनाएको छ।
दुर्घटनामा मोटरसाईकल चालक गौर नगरपालिका वडा नं. ८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमदको मृत्यु भएको प्रहरीले जनाएको छ
दुर्घटनामा गम्भीर घाइते भएका महमदको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साह घाईते भएका छन । साहको जिल्ला अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

16 Push 077 final