बौधिमाई न्यूज डेस्क, बैशाख ०७ गते रौतहट ।
दुई महिलालाई भारतको मुम्बईमा लगेर बेचेको आरोपमा अदालतबाट १० वर्ष कैद सजाय ठहर भई फरार भएका पर्साको ठोरीका विष्णु कुमार थापालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
ठोरी वडा नं.९ घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. ३ मा लुकीछिपी बसिरहेको बस्ने वर्ष ५७ को विष्णु बहादुर थापालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले थापालाई बुधबार लुकीछिपी बसिरहेको स्थानबाट पक्राउ गरेको जनाइएको छ ।
२०४६ साल भदौ १८ गते २ जना महिलालाई भारत, मुम्बईको कोठीमा लगी बिक्री गरेको भन्ने व्यहोराको जाहेरी दरखास्त आधारमा जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतबाट २०६१ साल चैत १४ गते कसूर ठहर भई १० वर्ष कैद र पच्चीस हजार जरिवाना सजाय तोकिएको थियो । तर फरार थापा ३३ वर्षपछि पक्राउ परेका हुन् ।
पक्राउ परेका थापालाई पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सभार नेपाल पोष्ट डेली
पुरानाे समाचार